१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

संघीय संसदको हिउँदे अधिवेशन आजबाट, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गरिने

११ पुस, काठमाडाैँ । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरू हुँदैछ । आजबाट सुरु हुने अधिवेशनमा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गरिने भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिभिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।

त्यस्तै, दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने, प्रशासकीय अदालत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने र राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि छ ।

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार ११:२५