विद्युत् प्राधिकरणद्वारा उद्योगमा लाइन जोड्न सुरु
२८ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको थियो ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले भने किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।
अहिले थप उद्योगमा लाइन जोड्न थालिएको प्रवक्ता चन्दनकुमार घोषले बताउनुभयो ।
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ०९:४१