२८ कार्तिक २०८१, बुधबार | Thu Nov 14 2024

राजनीतिमा पूर्णबिराम लागेका गुण्डानाइके दीपक मनाङे काठमाडौँबाट पक्राउ

२७ कार्त्तिक, काठमाडाैँ । राजनीतिमा पूर्णबिराम लागेका गुण्डानाइके दीपक मनाङे काठमाडौँबाट पक्राउ परेका छन । २०७९ को प्रदेशसभा निर्वाचनमा मनाङबाट सर्वसम्मत प्रदेशसभा सदस्यमा विजयी भएका मनाङे पटक पटक मन्त्री भैसकेका छन ।

नेकपा एमालेका युवा नेता मिलन चक्रेको हात काटेको अभियोगमा उनी अदालतबाट दोषी ठहर भएका छन । २०६९ सालमा उच्च अदालत पाटनले पाँच वर्ष कैदको फैसला गरेकोमा सर्वोच्च अदालतले सोही फैसला सदर गरेको थियो । उनलाइ अदालतमा उपस्थित गराएर कारागार चलान गर्ने तयारी प्रहरीले गरेको छ ।

योसँगै मनाङ जिल्लाको सर्वमान्य नेता बनेका गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको सांसद पद र राजनीति दुबै चट भएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा। नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको थियो ।

२०६१ सालमा नेकपा एमालेका युवा नेता चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा २०७८ सालमा उच्च अदालत पाटनले मनाङ्गेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । गत प्रदेशसभा निर्वाचनमा उनी गणतन्त्रपछि देशमै पहिलो पटक सर्वसम्मत सांसद भएका थिए । अर्थात उनी मनाङको सर्वमान्य नेता भएका थिए ।

गण्डकीको सत्ता परिवर्तनको मुख्य गोटी बनेका मनाङ्गे केही महिनाअघि मन्त्रालय नै बेचिदिन्छु भन्दै चर्चामा आएक थिए । २०७५ वैशाखमा पक्राउ परेका मनाङ्गे पूर्वपक्षमा समेत केही समय जेल बसेका थिए । त्यस समय उनले दुई वर्ष भन्दा बढी समय कैद भोगिसकेका कारण अब उनले तीन वर्ष कैद भोग्नुपर्नेछ ।

मनाङ्गेलाई २०७४ को निर्वाचनमा एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएर पहिलो पटक सांसद बनाउन सहयोग गरेका थिए । त्यसपछि २०७९ को निर्वाचनमा देशका सबै ठूला दलले उम्मेदवारी नै नदिएर मनाङ्गेलाई सांसदमा सर्वसम्म बनाउन भूमिका खेलाका थिए ।

२०७९ को निर्वाचनमा मनाङ्गे सर्वसम्मत प्रदेश सांसद बन्दै गर्दा उनले हात काटेका एमालेका युवा नेता चक्रे मिलन भने गोरखा क्षेत्र नं। २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका थिए । यद्यपी अन्तिममा उनले टिकट पाएनन । उहिले उनै मिलनको ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङ्गेको सांसद पद चट भएको छ भने अब उनको राजनीति पनि सकिएको छ । फौजदारी अभियोगमा दोषी प्रमाणित भएका कारण मनाङ्गे अब चुनाव लड्न योग्य हुनेछैनन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ११:२९