प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा लिएर आन्दोलन गर्छौं: अध्यक्ष दाहाल
२४ कात्तिक, थाहानगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताउनुभएको छ । शनिबार मकवानपुरको थाहा नगरपालिकामा योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष दाहालले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने र निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने समेत बताउनुभएको छ ।
उहाँले कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताउनुभयो ।
यधपी उहाँले कांग्रेस-एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको पनि जिकिर गर्नुभयो ।
प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार १७:३३