६ मंसिर २०८१, बिहीबार | Fri Nov 22 2024

मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ: राष्ट्रपति पौडेल

२४ कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा गणेशमान सिंहको ११० औ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संशोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भन्नुहुन्छ-‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो ।लोकतन्त्रको यही आलोकलाई अङ्गीकार गर्दै हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन । देशभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने प्रत्यक नेपाली युवाको सपना पूरा गर्ने अनि यो कुरा यही मात्र सम्भव छ  भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको हो ।’

राष्ट्रपति पौडेलले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन नसक्ने समेत धारणा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ११:१९