नेकपाको स्थायी समिति आज, ओली र प्रचण्डले बलेपछि पारित हुने राजनीतिक प्रतिवेदन यस्तो छ
११ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर आज बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिँदैछन । मंसिर २९ गतेदेखि शुरु भएको बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा जनार्दन शर्मा र देवेन्द्र पाैडेल सुनिल बाहेकका सबै स्थायी समिति सदस्यले विचार राखेका थिए । शर्मा र पाैडेल निजीकामको शिलशिलामा अमेरिकामा रहेका छन ।
प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् । दुई अध्यक्षले जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिस्रित धारणा राखेका थिए । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएका छन । बैठकमा अध्यक्षद्धयले
प्रकाशित मिति : ११ पुष २०७५, बुधबार ०८:३८