रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा
२४ कार्तिक, काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । उक्त बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुनेछ।
यधपी बैठकमा आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो
प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ०९:४५