६ मंसिर २०८१, बिहीबार | Fri Nov 22 2024

फैसलाको पूर्णपाठ आएपछि म स्वयम् अदालतमा उपस्थित हुन्छु: मनाङ्गे

२३ कात्तिक, काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङ्गेले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिनुभएको छ ।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा उहाँलाई सर्वोच्च अदालतले ५ वर्षे कैद सजायको पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उहाँ सम्पर्कविहीन हुनुभएको थियो ।

शुक्रबारको मितिमा उहाँले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने बताउनुभएको छ ।

उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि मात्र अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

गुरुङले पाँच वर्षे कैद सजाय ठहर भएका यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताइसक्नु भएको छ । अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १३:५९