फेरि सुनको मूल्य एकैदिन दुई हजारले बढ्यो
२३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबार तोलामा २ हजार रूपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते भने सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि मूल्य केही घटेको मौकामा लगानीकर्ता र खरिदतर्फ आकर्षित देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढेको हो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १०:५८