१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

आर्यन किन यस्ताे गेटअपमा लुकी–लुकी हिँड्दै छन् ?

१० पुस, काठमाडाैं । नायक आर्यन सिग्देल  चलचित्रको छायांकनका लागि पोखरामा छन् । चलचित्र ‘हजार जुनी सम्म’को गीतको छायांकन सेटमा नायक आर्यन सिग्देल  क्यामेरामा देखिन चाहेका छैनन् । उनलाई आफ्नो नयाँ गेटअप सार्वजनिक होला भन्ने डर खुबै थियाे ।   निर्देशक विकासराज आचार्यमा पनि आर्यनकाे गेटअप सार्वजनिक होला भन्ने डर  थियो ।

आर्यन अाफ्नाे यस्ताे गेटअप एकैपटक फस्टलुकमा रिभिल गर्ने योजनामा थिए । पोखरामा रहेको समयमा भने उनको गेटअप छायांकन सेटबाट नै बाहिरिएको छ । आर्यनले लामो दाह्री र कपाल पालेका छन् । उनको कपाल केही मात्र फुलेको छ । दाह्रीको रंग पनि केही सेतो देखिएको छ । यसको अर्थ, आर्यन पागल प्रेमीको भूमिकामा चलचित्रमा देखिदैछन् ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार २०:१९