२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो

२१ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। सोमबार साँझदेखि उहाँ बिरामी भएका हुनुभएको थियो । सोही दिनबाट प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि पठाइएको थियो।

उक्त रिपोर्टका अनुसार प्रधानमन्त्रीलाई भाइरल ज्वरो आएको पुष्टि भएको चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सोमबार साँझदेखि अत्यावश्यक कामबाहेक सबै भेटघाटहरू बन्द गरेर आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १३:०७