एमालेले बोलायो सचिवालय बैठक
२१ कार्तिक, काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । उक्त बैठक कात्तिक २४ गते शनिवार बस्नेगरी बोलाइएको हो ।
बैठकमा स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमाले प्रचार विभाग प्रमुख गौतमका अनुसार एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
यधपी, निर्वाचन आयोगले आउदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १२:२६