आज सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो
२१ कार्तिक, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रूपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य भने बुधबार १५ रूपैयाँले घटेर प्रतितोला २ हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १०:५५