२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

प्रधानमन्त्री र राजपाका नेताविच भेटवार्ता, समस्या समधानका लागि प्रक्रिया अगाडी बढाइने

१० पुस, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र राष्टिय जनता पार्टीका नेताहरुविच भेटवार्ता भएको छ । भेटमा राजपाले प्रधानमन्त्री ओलीसग विभिन्न मागहरु राखेका छन् ।

मागलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको र पुरा गर्न सकिने मागहरुका विषयमा प्रक्रिया अगाडी बढाइने बताएका छन्  । वार्तामा प्रधानमन्त्रीले राजपा नेताहरुको चासोको विषयलाई एक साताभित्रै अघि बढाउने प्रतिबद्धता जनाएको राजपा नेताहरुले प्रतिक्रिया दिएका छन्।


राजपाले संविधान संशोधन, आफ्ना कार्यकर्तामाथि लगाइएका मुदा फिर्ता तथा बन्दीहरुको रिहाइ, सांसद रेशम चौधरीको शपथ ग्रहण, छानबिन आयोगको प्रतिवेदन सार्वजनिक लगायतको विषयहरु राखेका थिए । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीको अग्रसरतामा भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १४:४८