९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

कीर्तिपुरमा २०७४ को नतिजा फर्काउने एमाले तयारी, डा सुरेन्द्र मानन्धर मेयरको उम्मेदवार

१६ कात्तिक, काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको आगमी मंसिर १६ गते हुने उपनिर्वाचनमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ । एमालेको स्थानीय कमिटीले डा मनन्धरलाई मेयरमा उम्मेदवार बनाउन सर्वसम्मत सफारिस गरेको एमाले बागमती प्रदेशका इन्चार्ज स्थायी कमिटी सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।

dainiki.com

मानन्धनर एमालेको काठमाडौँ क्षेत्र नम्बर १० को इन्चार्ज समेत हुनुहुन्छ । उहाँ एमाले विभाजनको समयमा केही समय अलमलिनु भएको कारण गत प्रतिनिधिसभा निर्वाचनमा टिकटबाट बञ्चित हुनुभएको थियो । सम्भवतः एमालेले कीर्तिपुरको गुमेको वर्चश्व फर्काउनका लागि डा मानन्धरलाई नै अन्तिम उम्मेदवार समेत बनाउने छ । २०७४ सालको निर्वाचनमा एमाले भारी मतले नेतृत्व गरेको कीर्तिपुरको मेयर २०७९ को निर्वाचनमा गुमाएको थियो । यो उपनिर्वाचन मार्फत एमालेफे २०७४ कै नतिजा फर्काउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार १८:४७