सुनको भाउ हालसम्मकै उच्च, तोलामा १ लाख ७० हजार ७०० पुग्यो
१४ कार्तिक, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले पुन: नयाँ रेकर्ड कायम गरेको ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २२ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार १५ रूपैयाँले बढेर प्रतितोला २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १०:५४