८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

हप्तामा एक पटक कम्तिमा १० मिनेट लामखुट्टे मार्नुस्ः प्रधानमन्त्री ओली

८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा हप्तामा एक पटक १० मिनेट लामखुट्टे मार्न आम नगरिकमा अपिल गर्नुभएको छ । लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानबारे सन्देश दिँदै प्रधानमन्त्रीले कम्तिमा हप्ताको एक पटक शुक्रबार १०:०० बजे १० मिनेट देशब्यापी अभियानको रुपमा संचालन गर्न अपिल गर्नुभएको छ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश

लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानबारे प्रधानमन्त्रीको सन्देश :
आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजुभाईहरु,
नेपालका केही जिल्लाहरुमा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको छ। यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँहरु खोजी लाम्खुट्टेका लार्भा/प्युपा नष्ट गर्ने कार्यलाई कम्तिमा हप्ताको एक पटक शुक्रबार १०:०० बजे १० मिनेट देशब्यापी अभियानको रुपमा संचालन गर्न म सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानताहरुका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गर्दछु । नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार २२:१५