१८ माघ २०८२, आईतवार | Mon Feb 2 2026

विप्लवको जनपरिषद् क्रियाशिल, गाउँपालिका अध्यक्षलार्इ राजिनामा गर्न धम्की (पत्रसहित)

६ चैत, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रसुवामा समानान्तर सत्ताको अभ्यास गर्न सुरु गरेको छ । जिल्ला जनपरिषद् रसुवाको नाममा जिल्लाका पाँचै स्थानीय सरकारका प्रमुखहरुलाई पत्राचार गरी राजिनामा गर्न पनि उसले आग्रह गरेको छ ।जनपरिषद्ले राजिनामा नगरे वर्ग संघर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वयं हुनुपर्ने चेतावनी समेत दिएको छ ।

जिल्ला जनपरिषद् रसुवाका प्रमुख विशाल भुषालले गरेको पत्राचारमा देशमा दलाल संसदीय व्यवस्था फँसिवादी तरिकाले राज्यशक्तिको दुरुपयोग गरी जनतामाथि शासन लाद्ने काममा लागेको भन्दै राजिनामा गरेर जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गर्न आग्रह गरिएको छ ।

दैनिकीसँग कुरा गर्दै विप्लव माओवादीका रसुवा इन्चार्ज रजमान तमाङले जनपरिरषद्को पत्राचारलाई ख्यालख्याल ठानेर राजिनामा नगरे कारबाही गर्ने चेतावनी दिएका छन । उनले भने ‘देशमा भ्रष्टाचार विकृति बढाउने दलालको प्रतिनिधिहरु अब हाम्रो निशानामा पर्नेछन ।’

हेर्नुहोस पत्र

 

 

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १५:०५