७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

ओली सरकार पूर्ण रूपमा असफल भयो तर अहिल्यै यसको विकल्प खोजेका छैनौँ: अग्निप्रसाद सापकोटा

८ कार्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ओली सरकार पूर्ण रूपमा असफल भएको र अहिल्यै नै यसको विकल्प पनि नखोजिएको बताउनुभएको छ ।

उहाँले यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान नै १० गते हुने खबरदारी सभाको तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘जनता विपद्को भुमरीमा हुँदा पनि सरकारको उपस्थिति शून्य छ । हरेक हिसाबले सरकार पूर्ण रूपमा असफल भएको छ । तर पनि सरकार परिवर्तनको विषयमा भने हामीले छलफल गरिसकेका छैनैं । पहिले जनतामा गएर खबरदारी गर्छौं । सरकारका गलत कामबारे जनतालाई जानकारी दिउँ । अरू कुरा बिस्तारै हुँदै जान्छ ।’

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ११:५१