७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एनआईसी एशिया बैंकको नाफा ११ करोडमाथि

७ कात्तिक, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

सो विवरण अनुसार बैंकको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८९.०६ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशत घटेको । यस्तै बैंकको सञ्चालन आम्दानी ८८.७३ प्रतिशतले घटेर १७ करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ । सो अवधिसम्ममा बैंकको एक अर्ब १६ करोड ४३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा नकारात्मक छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्ममा तीन खर्ब ३६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा ठूलो दबाव परेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २५ रुपैयाँ ६७ पैसा घटेर दुई रुपैयाँ ९१ पैसामा सिमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा छ । बैंकको खराव कर्जा अनुपात २.०८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १५:२६