७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सरकारका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उहाँले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरिरहनुभएको छ ।

गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १५:२७