७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राष्ट्रपति पौडेलसँग विपक्षी दलहरूले आज छलफल गर्ने

७ कार्तिक, काठमाडौँ । सरकार गठनको सय दिन पुरा भएको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने निर्णय गरेका  छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रतिपक्षी दलका नेता एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएका थिए ।

यधपी, भेटघाटको तयारी भएपनि समय भने तय नभइसकेको सचिव रमेश मल्लले जानकारी दिए । तसर्थ बुधबार नै अपराह्न ४ बजेतिर भेटघाट हुन सक्ने पनि मल्लले जानकारी दिए ।

राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने वा ध्यानाकर्षण गराउने भन्दा पनि पछिल्लो समसामयिक राजनीतिकका विषयमा छलफल गर्न लागिएको सचिव मल्लले बताए  ।

यसअघि सोमबार विपक्षी दलहरूले  प्रधानमन्त्रीलाई भेटेर १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।विपक्षी दलहरूले सरकारको सय दिनको काम असफल भएको निष्कर्ष निकालेकाे छ । विपक्षी दलहरूमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, राप्रपा, रास्वपा र अजपा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १२:०५