६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

६ कार्तिक, काठमाडौँ । यस साता पहिला दुई कारोबारको दिनमा आइतबार ४७.४४ अंक र सोमबार आज ५७.९९ अंक गरेर  १०५.४३ अंकले घटेको शेयर बजारमा तेस्रो कारोबार अर्थात् मंगलबार भने हरियाली देखिएको छ । मंगलबार भने २५.८८ अंकले बढेर दुई हजार ६६५.८१ अंकमा शेयर बजार बन्द भएको छ ।

परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज कुल १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । आज चारवटै सूचक र १३ वटै उपसमूहको शेयर बढेको छ ।

मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घट्दा ५ कम्पनीको स्थिर रहेको छ ।  सबैभन्दा धेरै फाइनान्स उपसमूह ३ प्रतिशले बेढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २।१४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १६:२०