६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

पार्टी फुट्ने हल्लामा कुनै सत्यता छैन: अध्यक्ष नेपाल

६ कार्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने  नियोजित रूपमा हल्ला चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।

अध्यक्ष नेपालले यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह  समेत गर्नुभएको छ । बैठकमा भने वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू प्रमेश हमाल , डा बेदुराम भुसाल लगायत सहभागी छन् भने बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १४:२५