६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

मीन बहादुरले हल्लाएको दलालवर्गहरू

-सरोजकुमार तामाङ

अहिले जनताको निर्णायक शक्ति नेकपा एमालेको पार्टी मुख्यालय बनाउन देखा परेका दानवीर मीन बहादुर गुरूङको बिषय प्रवेशले भारतीय दलालहरूबीच रोइलो चलिरहेको छ । यो कसरी पनि हो भने मीन बहादुर गुरूङ कुनै मंगल ग्रह वा आकाशवाणीबाट यो मुलुकको व्यापाररिक क्षेत्रमा उदाएको होइन् । एक गरिब किसानको छोरो संघर्ष गर्दै आजको यो अवस्थामा आइपुगेको हो । यसमा हामी एमालेजनहरू लगायत अन्य मित्र कमरेडहरू जसले यो मुलुकमा जनताको बहुदलीय जनवादको माध्यमबाट समाजवादको भविष्य देख्दै आएको छ, उनीहरूले सामन्ती राजतन्त्रको अन्त्यसँगै उदाएको अर्धसामन्ती र अर्धउपनिवेशीको यो अहिलेको अवस्थाबाट वैज्ञानिक समाजवादमा प्रवेश गर्ने कुँन्जी पूँजीवादी जनवादी क्रान्तिको महत्वपूर्ण भार पुरा गर्नु पर्दछ । त्यो भनेकै देशभित्रै राष्ट्रिय पूँजीको निर्माण गर्न राष्ट्रिय पूँजीपतिवर्गहरूको विकास गर्नु हो जुन हामीले भनेको पूँजीपतिवर्गहरू बुर्जुवावादका पूँजीपतिवर्गहरू भन्दा भिन्न प्रकारको हुन्छ ।

यस्ता जनवादी व्यवस्थाभित्र हूँर्केका राष्ट्रिय पूँजीपतिवर्गहरूले सर्वहारा र श्नमजीवीवर्गको न्युनतम जिविकापार्जनका अति आवश्यक वस्तु तथा सेवाहरू उत्पादन गर्दछ र त्यसले समाजवादको स्थान ग्रहण गर्न भरमग्दुर सहयोग गर्दछ । तर, सामन्तवादको प्रतिक राजतन्त्रको अन्त्यसँगै उदाउँने अर्धसामन्ती र अर्धउपनिवेशी राजकीय र सामाजिक सत्तामा देखा पर्ने मीन बहादुर गुरूङ जस्ता नवराष्ट्रिय पूँजीपतिवर्गहरूमा जुन विल्कुल बुर्जुवावर्गहरू भन्दा भिन्न विशेषता हुन्छ; तिनीहरू पनि त्यो हिजोको सामन्ती, निरंकुश, केन्द्रिकृत, एकात्मक र पितृसत्तात्मक राज्यका तर जनवादी शक्तिले बडार्न बाँकी आधार र अवशेषहरूबाट अछुतो रहन सक्दैन् । त्यसैले, हाम्रा मौलिक व्यापारिकवर्गहरू पनि कहिकतै मुद्दा मामिलाहरूमा फसेकै हुन्छ तर, हाम्रो लक्ष्य भनेको ती गलत कार्यहरूको खण्डन गर्दै देशको प्राकृतिक सम्पदा, राष्ट्रिय पूँजीपतिवर्गहरूको पूँजी, जनताको सीप र क्षमतालाई राष्ट्र निर्माणको पक्षमा लगाउँनु पर्दछ ।

अहिले यहाँ अन्य भारतीय दलाल पूँजीपतिवर्गहरू राज्यको राजकीय निकायहरूमा हाम्रा जनवादी नीतिलाई धुलोपिठो पार्न जन-राजनीतिलाई प्रदुषित गर्दै आएको सबैमा सर्ववितिदै छ । ती वैदेशिक एकाधिकार पूँजीवाद विशेष गरी भारतीय विस्तारवाद जो दक्षिणी छिमेकी मुलुकहरूको निम्ति साम्राज्यवादको रूपमा उदाउँदैछ, त्यसले यो गौरवमय मुलुकको विगतको कमजोर राज्यसत्तासँग गरिएका असमान र अपमानपूर्ण सन्धी-सम्झौताहरूको माध्यमबाट देशलाई गरिबीको खाडलमा फसाउने र तीसँग नाता गाँस्दै नेपाली श्नमजीवीवर्गलाई शोषण गर्ने यहाँका भारतीय दलाल पूँजीवादीहरूसँग हामी जनवादी शक्तिहरूले सहकार्य गर्ने या आफ्नै राष्ट्रिय पूँजीपतिवर्गहरूलाई धोइ पखाली यो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान जोगाउँने भन्ने प्रश्न गौण होइन्, प्रमुख हो ? जनवादी व्यवस्था भनेकै सर्वहारावर्गीय अधिनायकवादको प्रारम्भिक चरण हो, त्यो चरणमा किनपनि सर्वहारावर्गको अधिनायकत्व आवश्यकता पर्छ भने मुलुकको स्रोतसाधनमाथि राष्ट्रिय दलाल पूँजीपतिवर्गहरू जसलाई वैदेशिक एकाधिकार पूँजीवादको आश्नय पाएको हुन्छ, उनीहरू जनताको शोषण गरेर देश रित्याउने असफल प्रयत्न जारी राख्दछ, त्यो शक्तिको अन्त्य गर्न हो । त्यसैले, त्यो स्थितिको प्रारम्भिक चरणमा जनवादी क्रान्तिद्धारा जनवादी शक्तिको उदय गराउँदै राज्यको निर्णायक तहहरूमा अड्डा जमाएर बस्नु पर्ने हाम्रो कर्तव्य हुन आउँछ । त्यो बेला गल्ती नै भएपनि केही राष्ट्रियता बोकेका राष्ट्रिय पूँजीपतिवर्गहरूसँग विदेशी दलालहरूको अगाडि झुक्नु भन्दा कैयौं गुणा राष्ट्रवादी ठहरिन्छ ।

हाम्रो राष्ट्रवाद सामन्ती खालको होइन् कि यो त जनवादी राष्ट्रवाद हो । यसको अर्थ तमाम् जनताको सामाजिक र आर्थिक न्याय सहितको राष्ट्रवाद हो । यो सिमित सामन्तवर्गको राजनीतिक भविष्य सुरक्षित गर्न पैरवी गर्ने राष्ट्रवाद होइन्, साम्राज्यवादको उपनिवेशबाट मुक्त हुन गरिएको जनताको मुक्तिको निम्ति गरिने जन-राष्ट्रवाद हो । परन्तु, हाम्रो वर्गीय कार्यक्रमहरू भने निरन्तर निरपेक्ष रूपमा चलि नै रहन्छ । हो, केही दलालतन्त्र, केही शोषणको रूप र केही मात्रामा राष्ट्रियता देखाउँने मीन बहादुर गुरूङ जस्ता राष्ट्रिय व्यापारीहरूसँगको साँठगाँठले वर्गसंघर्षको हाम्रो कार्यक्रम विथोलिन्छ भन्नु कमजोर क्रान्तिकारी मानसिकताको उपज हो । यसको निराकरण मार्क्सवादको गहिरो अध्ययन र मुलुकको वस्तु सापेक्ष प्रादुर्भाव भएको जबजको वास्विकता बुझेपछि आफसे आफ तन्दुरूस्त हुन्छ । मार्क्सवादी विचार नै यसको अचुक उपचार विधि हो भने नेपालको सन्दर्भमा जबज पद्धति हो । भनाईको अर्थ सही पद्धतिमा बसेर गरिने उपचारले मात्र आफूले अपेक्षा गरेको नतिजा हात पार्दछ ।

अहिलेको रोइलो दुई किसिमले देखा परेको छ । पहिलो – वैदेशिक एकाधिकार पूँजीवादको संरक्षणमा हूँर्केका राष्ट्रिय दलाल पूँजीपतिवर्गहरूले अब नेकपा एमालेको कित्ताबाट हात धुनु पर्यो । यो रोइलोले के प्रमाणित गरेको छ भने अबको राष्ट्रिय राजनीति नेकपा एमालेको वरिपरी अवश्य घुम्ने छ; यसको निम्ति खम्बासरी उभिने, जस्तै साम्राज्यवादको हुँरी वतासले पनि ढल्न नसक्ने संगठन एमालेभित्र देखा पर्नु र त्यसैको आधारमा जनताको मन जित्दै राजकीय सत्ता मीन बहादुर गुरूङ जस्ता राष्ट्रिय पूँजीपतिवर्गहरूलाई एकत्रित गर्दै एमालेको पोल्टामा अबको भावी दिनहरूले देखाउँनु जसले गर्दा अन्य गतिहीन राजनीतिक दलहरूमा लागेमा सत्ताको चासनी खान नपाउला कि भन्दै रोइलोको पोका यहाँका भारतीय विस्तारवादका दलालवर्गहरूले फुकाउँदैछ ।

दोस्रो – यसको विरूद्ध ब्रम्हास्त्र प्रयोग गर्नु पर्नेमा केही आन्तरिक बुद्धिजीवीवर्गहरू र निम्न-अल्प मार्क्सवादी दर्शनको कमी एमालेजनहरूले त्यही दलालहरूको रोइलोलाई साथ दिँदै छ जुन हाम्रो भावी जबजको मार्गनिर्देशमा समाजवादको आधार निर्माण गर्ने क्रममा प्रतिगामी शक्तिको रूपमा हेराफेरी गर्दैँछ । त्यसैले, जबजधारीहरूले बाह्य देखे जस्तो आन्तरिक स्थिति विल्कुल फरक छ भन्ने वस्तुगत र मनोगत स्थितिको विवेचना गर्नु पर्यो । जबजको हेडक्वाटर बुर्जुवावर्गको पोल्टामा होइन्, त्यसलाई समृद्धितर्फ लान गरिएको कदममा साथ दिनुको सट्टा उल्टै साम्राज्यवादको शिविरमा बसेर आफ्नै पार्टी पंक्ति विरूद्ध ढुंगा हान्ने प्रयत्न नगरौं । यसले हाम्रो लक्ष्य प्राप्तिमा पथ भ्रष्टको संकेत दिन्छ ।

भारतीय दलालवर्गहरूको देश डुबाउने सांकेतिक भाषा बुझौं । राष्ट्रघाती भारतीय दलाल पूँजीपतिवर्गहरूको लेन्सबाट होइन्, वर्गीय दृष्टिको अन्तरनिहित भाष्यमा डुबुल्कि मारेर जनवादी क्रान्तिलाई सम्पन्न गर्ने उदघोषका साथ अघि बढौं । जनताको बहुदलीय जनवाद भनेकै सामन्तवाद र साम्राज्यवादको अति नजिक बसेर श्नमजीवीवर्गलाई शोषण गर्ने तप्काहरूलाई फिल्टर गर्दै जनवादी शक्तिको नजिक रहनेहरूसँग साईनो गाँस्ने हो जसले गर्दा विस्तारै समाजवादको आधार तयार पार्न सकुन् । एक्कासी सर्वहारावादी अधिनायकवाद कायम गर्न सम्भव हुँदैन् । वस्तुगत र मनोगत स्थितिको गहिरो अध्ययन बिना गरिने कुनैपनि राजनीतिक कार्यले नतिजामुखी होइन् कि प्राप्त उपलब्धिहरू पनि गुम्ने खतरा हुन्छ । त्यसैले, नेपाली क्रान्तिको ऐतिहासिक अवस्थालाई मध्येनजर गर्दै यहाँको क्रान्तिमा देखा परेको जडसुत्रवाद र विसर्जनवादको विरूद्ध प्राप्त व्यवहारिक दिव्य ज्ञानबाट जनताको बहुदलीय जनवादको प्रादुर्भाव भएको हो ।

जबज भनेको एक्ला दुक्ला शौकिन दार्शनिकहरूले फुर्सदको समयमा गरेका घोत्ल्याईको परिणाम होइन्, यो त सामाजिक चेतनाको त्यो रूप हो जसमा सामाजिक प्रगति समष्टिगत रूपमा प्रतिबिम्बित भएको छ, विभिन्न कालखण्डका विभिन्न वर्गहरूको आदर्श तथा सर्वहारावर्गीय विश्वदर्शन, सामाजिक अन्तरविरोधहरू र विवादहरू प्रतिबिम्बित भएका छन् । यसै कारणले गर्दा जननेता मदन भण्डारी लगायत हामी मार्क्सवादी चिन्तकहरूले जनताको बहुदलीय जनवादलाई हाम्रो समयको बौद्धिक सार र जनवादी संस्कृतिको जिवित आत्मा भन्छौं । अर्कोतर्फ, नेतृत्व सदैव सही हुन्छ भन्ने पनि होइन् । त्यसैले, दुई लाइनको संघर्षलाई बिर्सेर बाह्य दलाल पूँजीपतिवर्गहरू हसाउँन र खुसी तुल्याउन सामाजिक सञ्जालहरूमा गोहीको आँशु नबगाऔं । यस्ता गतिविधिहरूले हाम्रो समाजवादको यात्रामा शक्ति संचयलाई जीर्ण बनाउँछ । कसैले गलत भाष्य बनाउँदैछ भने त्यो विरूद्ध लाग्नु पर्नेमा उल्टै नेतृत्वको कटाक्षले हाम्रै क्षति अबको मंसीरमा हुने स्थानीय तहको निर्वाचनमा देखिनेछ । हामी आगामी निर्वाचनमा हारको माला पहिर्याउँन होइन्, जनताको निर्णायक शक्तिको रूपमा देख्न चाहन्छौं ।

सारांशमा, मीन बहादुर गुरूङ जस्ता घटनाहरू विश्व कम्युनिष्ट आन्दोलनहरूमा हामीले नदेखेको होइन् । जस्तै: महान रूसी अक्टोवर क्रान्ति सम्पन्न गर्न वोल्शेभिकहरूले पनि गद्दार मेन्सेभिकहरूसँग सहकार्य गरेकै थिए तर, अन्त्यमा जित वोल्शेभिक जनताकै पक्षमा भए । उता चीनमा पनि जापानी साम्राज्यवादको विरूद्ध माओले राष्ट्रघाती कोमिन्ताङहरूसँग दीर्घकालीन चिनियाँ जनताको जनवादी क्रान्तिको निम्ति क्षणिक मित्रताको हात बढाएकै हो । त्यसैले, राष्ट्रिय र वर्गीय दुश्मनहरूसँग नचाहदाँ नचाहदैँ पनि कहिले काही त हात मिलाउनु पर्ने स्थिति हुन्छ भने एक राष्ट्रिय व्यापारी जसले अहिलेको बेरोजगारको विषम परिस्थितिमा केही मात्रामा भएपनि रोजगारको स्थिति सृजना गर्ने व्यापारीले जबजको हेडक्वाटर बनाउन दान दिन्छ भने त्यो अस्वीकार्ने कुरो हुँदैन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार ११:३८