डुबेर बेपत्ता पुरुष मृत अवस्थामा भेटिए
६ चैत, सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष आज बिहान मृत मृत अवस्थामा भेटिएका छन् ।
सोमबार अपराह्न अन्दाजी ४५÷५० वर्षीय शाहआलम मियाँ पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासीले खोजी गर्दा पनि मियाँलाई फेला पर्न सकेका थिएनन् ।
पोखरीमा आज बिहान तैरिएको अवस्थामा स्थानीयवासीले मियाँलाई देखेर प्रहरीलाई खबर गरेपछि पानीबाट शव निकालिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
अत्याधिक मदिरा सेवन गरी नुहाउन गएको अवस्थामा डुबेको प्रहरीको अनुमान छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १३:३१












