२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

जाँदाजाँदै देउवाले आफैँ भने ‘म सफल प्रधानमन्त्री’


३ फागुन, काठमाडाैँ । लिसो झैँ सत्तामा टाँसिएको अाराेप खेप्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजिनामा दिनुभएकाे छ ।  आज पत्रकार सम्मेलन मार्फत देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  आफ्नो कार्यकाल सफल भएको दाबी गर्नुभयाे ।

उहाँले तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयन गरेको बताउनु भएकाे छ । त्यस्तै छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध कायम गरेको पनि बताउनुभएकाे छ । प्रधानमन्त्री देउवाले ६५ वर्षमा वृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गनुर्भयाे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ११:५२