५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

मन्त्रिपरिषद् बैठक स्थगित, विपक्षी दललाई बालुवाटार बोलाईयो

५ कात्तिक, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक स्थगित भएको सूचना मन्त्रिहरूलाई दिन लगाउनुभएको छ । दैनिकीको सम्पर्कमा रहनुभएका एक मन्त्रीले बैठक स्थगित भएको पुष्टि गर्नुभयो ।

आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने तयारी थियो । विपक्षी दलहरूले उक्त अध्यादेश रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि सिंहदरबारबाट बलुवाटार सरेको छ । विपक्षी दलका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १६:२१