५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

टिकटमा एकसाथ देखिए पूजा र सुष्मा, सकिएकै हो त यी दुइको दुस्मनी?

५ कार्तिक, काठमाडौँ । भनिन्छ, ‘राजनीतिमा दोस्ती र दुस्मनी दिगो हुँदैन’ । तर अहिले यो भनाई फिल्म क्षेत्रमा पनि लागु भएको छ । केही समय अगाडिसम्म एकअर्काको नाम समेत सुन्न नचाहने अभिनेत्रीद्वय सुष्मा कार्की र पूजा शर्मा अहिले टिकटमा भने एकसाथ देखिरहेका छन् ।

जसमा सुष्मा कार्कीले पूजा शर्मासँग अंकमाल गर्दै हिन्दी गीत ‘हुआ मुझे भी प्यार हुआ’ भन्ने गीतमा टिकटक बनाएकी छन् । र, क्याप्सनमा ‘Sweatheart’ लेखिएको छ । दुवै एकअर्कासँग सहज देखिएका छन् । भिडियोको पृष्ठभूमिमा हेर्दा पूजाको झम्सिखेलमा भएको ट्याग रेस्टुरेन्टबाट सुष्मा पूजाको रेस्टुरेन्टमै पुगेर टिकटक बनाएको अनुमान गर्न सकिन्छ । भिडियोलाई धेरैले हेरेर बिभिन्न कमेन्ट पनि गरेका छन् भने कमेन्टमा अधिकांशले उनीहरूको दोस्तीलाई लिएर आश्चर्य प्रकट गर्दै अब रमाइलो नहुने भयो भन्दै व्यंग्य समेत गरेका छन् ।

पूजा र सुष्माको दुस्मनी लगभग एक दशक चलको थियो । निर्देशक सुदर्शन थापाको क्याम्पबाट सुष्मा ‘आउट’ र पूजा ‘इन’ भएपछि उनीहरूको दुस्मनी सुरु भएको पाइन्छ । त्यसपछि सुष्माले पूजाविरुद्ध अन्तर्वार्तामा पनि बिभिन्न नराम्रा कुराहरू भन्दै आइरहेकी थिइन् । पूजा पनि बेलाबेलामा सुष्माको जवाफ फर्काउँने गरेकी थिइन् ।

यी दुइ अभिनेत्रीको मिलन ‘उपहार’ फिल्मबाट रेखा थापाले गराएको बताइन्छ । किनभने फिल्मको एकरदुईवटा सिनमा  दुवैजना एकसाथ देख्न सकिन्छ । उक्त फिल्म रिलिज हुँदा सुष्मा अष्ट्रेलियामा थिइन् । र उनी अहिले दसैँ मान्न नेपाल आएकी हुन् । यही समय सुष्मा पूजालाई भेट्न उनकै रेस्टुरेन्ट त्याग पुगी टिकटक पनि बनाएको पाइन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १५:१९