५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

प्रचण्डले आज जुम्लाको जनसभालाई सम्बोधन गर्ने

५ कात्तिक, जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गर्नुभएको छ । आजै काठमाडौंबाट नेपालगञ्जहुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ११:२८