५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

सपोर्ट लघुवित्तद्धारा लाभांश घोषणा

५ कात्तिक, काठमाडौँ । सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको आइतबार बसेको सञ्चालक समितिले सेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ११:११