५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल

५ असोज, काठमाडौं । प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् । गत शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको  कार्यालय सिंहदरबारमा ज्ञापनपत्र सोमबार दिउँसो ४ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यदल सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

बाढी पहिरोबाट पीडित जनताका राहत, पुनर्स्थापना, सुशासन, जनजीविका लगायत विषयमा सरकारको  ध्यानाकर्षण गराउन सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यसूची रहेको उपमहासचिव बस्नेतले जानकारी दिए ।

कार्यदलमा बस्नेतसहित एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १०:५२