२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

५ कात्तिक, काठमाडौँ । नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् आइतबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले कात्तिक १४ गते काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : 09:57