५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

सीईडीबी हाईड्रोपावरले बाेलायाे विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

५ कात्तिक, काठमाडौँ । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनार्थ कात्तिक १२ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ०८:५८