४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

मीनबहादुर गुरूङको चन्दाका विषयमा प्रश्न गर्ने एमालेका तीन नेता कारबाहीमा

४ कार्त्तिक, काठमाडौँ । सत्तारूढ पार्टी नेकपा (एमाले)ले  मीनबहादुर गुरूङले एमालेका लागि दिने चन्दाका बारेमा प्रश्न गर्ने नेताहरूलाई कारबाही गर्ने भएको छ । चन्दाको विषयमा फरक मत राखेको भन्दै एमालेले पहिलो चरणमा तीन नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले तीन नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

dainiki.com

एमालेले दानमा भवन निर्माण गर्ने विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ । पूर्व उपाध्यक्ष डा भिम रावल, स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । रावल, पाण्डे र तिमल्सिनाले चन्दाका विषयमा प्रश्न उठाउँदै पार्टीले गल्ती गरेको बताएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १९:२९