१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सिद्धार्थ बैंकको पाँच प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन

९ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्जले सोमबार सिद्धार्थ बैंक (SBL) को पाँच प्रतिशत बोनसपछि  शेयरमूल्य समायोजन गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनसको बुकक्लोजसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

बोनसपछि बैंकको प्रतिकित्ता ३०९ रुपैयाँ ५२ पैसामा शेयरमूल्य समायोजन भएको छ । बैंकको औसत आधार मूल्य ३५५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । समायोजित मूल्यको आधारमा नै बैंकको सोमबार कारोबार खुलेको छ ।

बैंकले ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा साधारण सभा डाकेको छ । आइतबारसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् भने समायोजित मूल्यमा शेयर किन्नेले भने लाभांश पाउनेछैनन् ।

हाल ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १२:५५