४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

सहकारी ठगीका मास्टरमाइन्ड रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिदैँ

४ कात्तिक, काठमाडाैँ । सहकारी ठगीका मास्टरमाइन्ड राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिदैँ छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यलय कास्कीको हिरासतबाट जिल्ला अदालत कास्की लैजान लागिएको हो ।

शुक्रबार साँझ ६ः४५ बजे काठमाडौँको वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान २ः४५ बजे जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याइएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाएको हो ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गरिएको हो । अदालत लैजाने समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले अराजकता देखाउन सक्ने भएकाले प्रहरीले सडक खाली गराएको छ । हिजैदेखि देशको विभिन्न स्थानमा अराजक ढंगले प्रदर्शन र नाराबाजी गर्ने र सडकमा टायर बालेर प्रदर्शन गर्ने काम उनीहरूले गरिरहेका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १२:१४