४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

४ कात्तिक, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ ।

लघुवित्तले आठ जना संस्थापकहरुको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर बिक्री मूल्य न्युनतम प्रतिसेयर ६०० रुपैयाँ तोकिएको छ ।

उक्त लिलामी सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्युनतम २५० कित्ताका लागि दिन सकिनेछ भने अधिकतममा सबै सेयर खरिदका लागि पनि दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १२:३०