३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

संविधान संशोधन नभए द्वन्द्व बढ्ने बाबुराम भट्टरार्इको चेतावनी

६ चैत, सिरहा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न सुझाव दिए ।

यसअघि मंगलबार बिहानै डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गरेका  थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १३:२०