३ कार्तिक २०८१, शनिबार | Sat Oct 19 2024

रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु: मनिष झा

३ कात्तिक, पोखरा । शनिबार पोखरामा भएको विरोध कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताएका छन् ।सभापति रवि लामिछाने पक्राउको विरोध कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो ।

उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने पनि बताए ।

शुक्रबार रवि लामिछानेले पक्राउअघि ‘यदि मलाइ जीवित छोडे भने भ्रष्टाचारी कसैलाई छाड्दैनौं’, भनेको भन्दै सांसद झाले भने, ‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु ।’

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १४:०५