३ कार्तिक २०८१, शनिबार | Sun Oct 20 2024

ऐतिहासिक रामग्राम स्तूपमा पर्यटकको चहलपहल

३ कात्तिक, नवलपरासी । जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सो ऐतिहासिक स्तूपमा गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रामग्राम स्तूप, पण्डितपुर, लुम्बिनी, तिलौराकोटलगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउनुभयो ।

शुक्रबार मात्र इण्डोनेसियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेका जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १३:२०