४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ: सुर्य थापा

३ कार्तिक, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति नेकपा एमालेका नेता सूर्य थापाले असन्तुष्टि जनाउनुभएको छ । उक्त पक्राउलाई लिएर नेता थापाले आफ्नो फेसबुक मार्फत एक स्ट्याटस लेख्दै पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा दिनुभएको छ ।

रविको नयाँ नाटक पनि सुपरफ्लप हुने दाबी गर्दै सामाजिक सञ्जाल अर्थात् फेसबुकमा उहाँ लेख्नुहुन्छ– ,‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ-‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो-प्रतीक्षा गरौँ ।

नेता थापा भन्नुहुन्छ- ‘नेतृत्वको सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो ।’

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १०:२६