२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

रविलाई एमालेको जवाफः सरकार मरेको होइन, सक्रिय भएको छ

२ कार्तिक, काठमाडौँ । पक्राउको सूचना पाए लगत्तै सरकार मरेको घोषणा गर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछानेलाई एमालेका तर्फबाट पनि जवाफ आएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालकै प्रयोग गरेर रविलाई जवाफ दिनुभएको छ । उहाँले सरकार मरेको नभइ सक्रिय भएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘सरकार मरेको होइन, सक्रिय भएको छ । रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !’

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १८:२२