२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

डा. केसीसँग मन्त्री पौडेलले भने-तपाईंको मागअनुसार सुधारको प्रक्रिया अघि बढेको छ

२ कार्तिक, काठमाडौँ । चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय कार्यान्वयनमा लगेको बताएका छन्। उक्त कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपालि आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरू अघि बढेको बताए।

मन्त्री पौडेलले भने- ‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन् भने बाँकी कार्यान्वयनकै चरणमा छन् । ‘त्यसमा पनि यहाँले उठाएका विषय पनि समेटिएका छन्।’

चिकित्सक केसीले भने आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए। यधपी मन्त्री पौडेलले चिकित्सककै सुविधा र सेवा वृद्धि गर्नेगरी व्यवस्था गर्न थालेको भन्दै उहाँले यसमा आफ्नो अधिकतम प्रयास रहने पनि बताए।

मन्त्री पौडेले स्वास्थ्य सेवाका चिकित्सकको सेवा र समस्या सम्बोधन गर्न स्वास्थ्य सेवा ऐन ल्याउने तयारीसमेत आफूले गरिरहेको पनि बताए।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १४:०१