२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रभु बैंकको २ लाख ८२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

२ कात्तिक, काठमाडौँ । प्रभु बैंक लिमिटेडले २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक सेयरधनीहरुको नाममा २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा सेयरम आवेदन नपरेपछि बैंकले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौँको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : 09:05