१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

समता घरेलु लघुविले पायाे एफपीओ निश्कासनको अनुमति

१ कात्तिक, काठमाडाैँ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन (एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।

यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयरहिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गर्न लागेको हो । समता घरेलु लघुवित्तले एफपीओ निश्कासनका लागि नियामक धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १६:०४