१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन

१ कार्तिक, बाजुरा  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ ।

बिहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकामा पुगी राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन पनि गर्नुहुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागि उहाँ बुधबार अपराह्न नै सुर्खेत पुग्नुभएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १४:४३