२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

अन्तरघात गर्नेलाई पदाधिकारी बनाउने देउवा फेरि किन गर्छन कारबाहीको कुरा ?

८ पुस, काठमाडाैँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताएका छन । महासमिति बैठकको समापन समारोहलाई अाइतबार सम्बोधन गर्दै देउवाले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताए

पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै सभापति देउवाले भने, “विधानमा गरिएको समावेशीताअनुसार गाउँगाउँमा पुगेर पार्टीका सदस्यता बढाउनुस्, काङ्ग्रेसलार्ई कसैले हराउन सक्दैन् ।”

वर्तमान सरकार मुलुकमा एकदलीय निरङ्कुशता लाद्न उद्दत रहेको आरोप लगाउँदै उनले भने, “सरकार नसच्चिए आन्दोलन गर्ने दिन आउँदैछ, तयार हुनुहोला, एकदलीय निरंकुशता परास्त गर्न सबै एकजुट हुनुपर्छ ।”

सभापति देउवाले काङ्ग्रेसले आफू हारेर पनि देश र प्रजातन्त्र जित्ने गरी विगतमा चुनौतीपूर्ण वातावरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताए। पार्टीमा अनुशासन कायम गर्न अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने उनको भनाइथियो । उनले अन्तरघातको अारोप लागेका डा प्रकाशरण महतलार्इ अाफैँले सहमहामन्त्रीमा मनोनित गरेका छन । नुवाकोटका झण्डै एक सय जना नेता कार्यकर्ताले महतविरूद्ध अन्तरघातको उजुरी दिएका थिए ।

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार २१:३५