१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

पशुपति गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्रीको हस्तक्षेप

१ कार्तिक, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न निर्देशन दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या आएको’ भन्दै कोषलाई गरेको पत्राचारमा उक्त धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको हो ।

पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएपनि मारवाडी सेवा समितिले विरोध गर्दै आएकोले मन्त्री पाण्डेले  यसबारे छलफलका लागि आइतबार कोषका पदाधिकारीलाई बोलाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १०:४७