२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

भदौंमा भित्रियो एक खर्ब २६ अर्ब रेमिटेन्स, ५७ करोड बाहिरीयो

२९ असोज, काठमाडौँ । एक महिनामा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै उक्त रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा भएको आप्रवाह अघिल्लो आर्थिक वर्षको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो । त्यसमध्ये डलरमा आएको रेमिट्यान्स १ अर्ब २ करोड रुपैयाँ बराबर रहेको रिपोर्टमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिटेन्स भित्रिएको थियो ।  यो दुई महिनामा ५७ करोड रूपैयाँ रेमिट्यान्स बाहिरिएको छ।

वैदेशिक रोजगारीका लागि  दुई महिनाको अवधिमा मात्रै अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १७:२२